काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष (७९/८०) को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले प्रथम तीन महिनामा ७४ करोड ३२ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८६ करोड ३३ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जनमा १३ दशमलव ९१ प्रतिशतको गिरावट देखिएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी ६ करोड ३५ लाख रुपैयाँ खुद नाफामा रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनी ४ करोड ९ लाख मात्र नाफामा थियो । नाफा ५४ दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ ।
२ अर्ब ८ करोड चुक्ता पुँजी भएको यस कम्पनीको जगेडामा ६४ करोड ४५ लाख संचित छ । समिक्षा अवधिमा जगेडा कोष १२ प्रतिशतले बढेको छ ।
जीवन बीमा कम्पनीको लागि एकदमै महत्वपूर्ण जीवन बीमा कोष २० दशमलव ५२ प्रतिशतले वृद्धि हुँदै १३ अर्ब ११ करोड पुगेको छ ।
प्रकाशित तथ्यांकअनुसार कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ १९ पैसा र प्रति शेयर नेट्वर्थ १३४ रुपैयाँ ८३ पैसा छ ।
कम्पनीका अनुसार कम्पनीले २४ करोड १३ लाख खुद दावी भुक्तानी गरेको छ भने २० लाख दावी भुक्तानी गर्न बाँकी छ ।