IME Life
Beema Board

हिमालयन एभरेष्टमा मर्जरको सिनर्जी देखिएन, मुनाफा ३४ प्रतिशतले घट्दा व्यवसाय थप खुम्चियो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको मर्जर सफल भए पनि वित्तीय सूचकमा हेर्दा खासै सिनर्जी भने देखिन सकेको छैन । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाशिक अवधिमा हिमालयन एभरेष्टको खुद मुनाफा ३४ प्रतिशतले घटेको छ । कम्पनीले वित्तीय विवरणमा गत वर्षको यहि अवधिमा दुई कम्पनीको छुट्टा छुट्टै तथ्याङ्कलाई जोडेर प्रस्तुत गरेको छ ।

यसो गर्दा गत वर्षको मुनाफा ५ करोड ७९ लाख थियो । तर चालु आर्थिक वर्षको तीन महिनाको मुनाफा भने तीन करोड ७८ लाख मात्रै छ । त्यस्तै खुद बीमा शुल्क आर्जन हुन सकेको देखिएन । हिमालय एभरेष्टको खुद बीमा शुल्क आर्जन ७.६७ प्रतिशतले घटेर २२ करोड २५ लाखमा सिमित भएको छ । त्यस्तै दाबी भक्तानी पनि गत वर्षको भन्दा ३८ प्रतिशतले घटेको छ । कम्पनीले समिक्षा अवधिमा ६ करोड ४८ लाख रुपैयाँ मात्रै दाबी तिरेको छ । जवकी यस अवधिमा भुक्तानी हुन बाँकी दाबी रकम २ अर्ब रहेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १० करोड दाबी भुक्तानी गरेको थियो ।

Prabhu
Crest

मर्जर पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २३ करोड रुपैयाँ छ । जगेडा कोषमा ५९ करोड ४० लाख रुपैयाँ छ । बीमा कोषमा एक अर्ब १० करोड रुपैयाँ जम्मा भएको छ । पूँजी अनुसार मुनाफा नहुँदा प्रतिशेयर आम्दानी ६ रुपैयाँमा सिमित भएको छ । प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS