IME Life
GBIME

एनएलजी इन्स्योरेन्सको नाफा र खुद बीमा शुल्क आर्जन दुबै घट्दा अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा गिरावट आएको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा ६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको ५ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षमो ५ करोड ४६ करोड लाख रुपैयाँ नाफा कमाएको छ ।

Crest

त्यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १९ करोड २० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले ३३ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क ४२ प्रतिशतले कमी हो ।

१ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३२ करोड २६ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोष १ अर्ब १७ करोड ६९ लाख रुपैयाँ रहेको छ । गत वर्ष बीमा कोषको आकार १ अर्ब ५ करोड ३५ लाख रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीले ८ करोड ७० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा यस अवधिमा कम्पनीले बढी दाबी तिरिसकेको छ ।

यस अवधिमा कम्पनीले ६१ करोड ८ लाख रुपैयाँ कुल व्यापार गरेको छ भने ८० करोड ९५ लाख कुल दाबी तिरेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४८ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ२ सय १७ रुपैयाँ ७५ पैसा रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS