IME Life
Beema Board

अजोड इन्स्योरेन्सको खुद बीमा शुल्क ६७% ले बढ्दा अधिकांश सूचकमा प्रगति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले अधिकांश सूचकमा प्रगति गरेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा १५ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको १ करोड १० लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षमो १ करोड २७ करोड लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १७ करोड ३३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले १० करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क ६७ प्रतिशतले बढी हो ।

Prabhu
Crest

१ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा १६ करोड ३१ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोष १७ करोड ७३ लाख रुपैयाँ रहेको छ । गत वर्ष बीमा कोषको आकार ११ करोड ६९ लाख रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीले ८ करोड ७० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा यस अवधिमा कम्पनीले बढी दाबी तिरिसकेको छ ।

यस अवधिमा कम्पनीले ४६ करोड ७ लाख रुपैयाँ कुल व्यापार गरेको छ भने २२ करोड ९ लाख कुल दाबी तिरेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ ५५ रुपैयाँ ६१ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS