IME Life
Beema Board

मेट लाइफको मुनाफा ३२ प्रतिशतले बढ्यो, खुद बीमा शुल्क आर्जन घट्दा अन्य सूचक कस्ता ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाशिक अवधिमा ३२ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले तीन महिनाको अवधिमा ८ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ६ करोड ७५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

मुनाफामा सुधार भए पनि खुद बीमा शुल्क आर्जनमा भने गिरावट आएको छ । समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन ३.२३ प्रतिशतले घटेर एक अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब तीन करोड थियो । त्यस्तै कुल बीमा शुल्क आर्जन भने एक अर्ब ३० करोड रुपैयाँ छ ।

Prabhu
Crest

मेट लाइफको दाबी भुक्तानीमा उल्लेख्य गिरावट आएको छ । समिक्षा अवधिमा ६५ करोड २५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको मेट लाइफले गत वर्षको यहि अवधिमा एक अर्ब ५ करोड रुपैया खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीले समिक्षा अवधिम ६० करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ ।

बीमा शुल्क आर्जनमा गिरावट सँगै अभिकर्ताले प्राप्त गर्ने कमिशनमा पनि गिरावट आएको छ । अभिकर्ताले यस अवधिमा १२ करोड ३० लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । मेट लाइफको जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ जम्मा भएको छ । बीमा समितिले पछिल्लो समय जारी गरेको पूँजीकै अनुपातमा जगेडा कोष कायम गर्न कम्पनीलाई अझै २ अर्ब ३० करोड आवस्यक पर्नेछ ।

बीमितको जगेडा कोषमा भने उल्लेख्य सुधार आएको छ । समिक्षा अवधिमा यस्तो कोषमा २१ अर्ब ३० करोड जम्मा भएको छ । गत वर्षको यहि अवधिमा १९ अर्ब ७४ करोड थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS