Connect IPS
IME Life

वैदेशिक रोजगार बीमाको बजार खोस्ने क्रम बढ्यो, सन नेपालको हिस्सा ४६ प्रतिशतमा खुम्चियो (कसको कति)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वैदेशिक रोजगार बीमामा एकछत्र राज गरिरहेको सन नेपाल लाइफको बजारलाई अन्य कम्पनीहरुले खोस्न थालेका छन् । साउन महिनामा सन नेपाल लाइफले मात्रै वैदेशिक रोजगार बीमालेखको ५३ प्रतिशत बजार हिस्सा ओगटेकोमा असोज महिनासम्ममा यस्तो हिस्सा खुम्चिएर ४६.४४ प्रतिशतमा खुम्चिएको छ ।

तै पनि यहि व्यवसायबाट सन नेपाल लाइफ प्रथम बीमा शुल्क आर्जन गर्ने सर्वाधिक चौथो स्थानमा उक्लिएको छ । अन्य बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जनमा आएको गिरावटका कारण सन नेपाल वैदेशिक रोजगारबाटै अगाडी देखिएको हो ।

Prabhu
Crest

सन नेपालले असोज महिनासम्ममा ५२ करोड ५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा वैदेशिक रोजगारको योगदान ३८ करोड ४० लाख रुपैयाँ रहेको छ । यहाँ सन नेपालको प्रथम बीमा शुल्क आर्जनमा वैदेशिक रोजगार बीमालेखको हिस्सा ७३ प्रतिशत देखिन्छ ।

असोज महिनादेखि नेशनल लाइफ, नेपाल लाइफ र प्रभु लाइफ पनि वैदेशिक रोजगार बीमालेखमा प्रवेश गरेका छन् । पहिलो महिनामै नेशनल लाइफले २२ लाख, नेपाल लाइफ एक करोड ३३ लाख र प्रभु लाइफले ६२ लाख रुपैयाँ आर्जन गरेका छन् ।

सन नेपाल पछि ठुलो हिस्सा सूर्या लाइफको छ । तेस्रो ठुलो हिस्सा भने ज्योति लाइफको छ । सूर्या र ज्योति मर्ज भए सँगै वैदेशिक रोजगार बीमालेखमा सूर्यज्योति लाइफको राम्रै हिस्सा देखिनेछ । असोज महिनामा मात्रै १० वटा जीवन बीमा कम्पनीले २६ करोड ४६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । एलआइसी नेपालले नयाँ बीमालेख जारी गरेको छैन ।

नेपाल बीमा प्राधिकरणले गत साउनदेखि वैदेशिक रोजगार बीमा पुल खारेज गरिदिएको थियो । सन नेपाल लाइफले ऐन नियम कानुनमै पुलसम्बन्धी व्यवस्था नरहेको भन्दै पुल खारेजको लविङ गरेको थियो । यसमा सन नेपाल लाइफ सफल पनि भयो । तर अहिलेको नयाँ बीमा ऐन २०७९ मा बीमा पुल सम्बन्धी कानुनी व्यवस्था छ । अव प्राधिकरणले चाह्यो भने बैधानिक रुपमै पुलको व्यवस्था गर्न सक्नेछ । नेपालबाट वैदेशिक रोजगारका लागि विदेशिने नेपालीको संख्या बढे सँगै यस्तो बीमालेख संख्या पनि बढिरहेको छ । कम्पनीहरुले असोज एक महिनामा मात्रै ६३ हजार ६५६ वटा बीमालेख जारी गरेका छन् । असोज महिनासम्ममा कुल सक्रिय रहेको बीमालेख संख्या ११ लाख ६८ हजार वटा छन् ।

साउन महिनाको तथ्याङ्क 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS