Connect IPS
IME Life

चुनाव र वित्तीय विवरणले समेत थामिएन शेयर बजार, फिसिङ ट्र्यापमा साना लगानीकर्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चलाख र ठुला लगानीकर्ताको फिसिङ ट्र्यापमा साना लगानीकर्ता पर्न थालेका छन् । बजार बढ्ने हल्लामा शेयर खरिद गर्ने साना र सोझा साझा लगानीकर्ताहरु फिसिङ ट्र्यापमा पर्ने गरेका छन् । यस्ता लगानीकर्ताले कहिले चुनाव पछि स्थिर सरकार आउने त कहिले अव शेयर बजार ह्वात्तै बढ्ने हल्ला मच्चाउछन् । हल्लै हल्लामा केहि दिन शेयर बजारमा राम्रै सुधार देखिन्छ ।

दुई तीन दिन हरियो देखिने वित्तीकै सुतेका लगानीकर्ता पनि जुरमुराउन थाल्छन् । अव बढ्यो भन्दै धेर थोर खरिद गरिहाल्छन् । तर ठुला लगानीकर्ताले यहि बढेको मौकामा बेचिदिन्छन् । ठुला लगानीकर्ताले बेच्ने वित्तीकै सेलिङ प्रेसर आउन थाल्छ र बजारमा तत्काल गिरावट देखिन्छ । यहि प्रभाव र असर अहिले शेयर बजारमा देख्न सकिन्छ ।

Prabhu
Crest

हिजो शेयर बजारमा २१ अंकको सुधार हुँदा ९४ करोडको कारोबार भयो । तर आजको कारोबारमा सुरुवाति अवस्थामा केहि सुधार देखिए पनि साढे १२ बजेपछि शेयर बजार थामिन सकेन । हिजै शेयर बिक्री गरेका ठुला लगानीकर्ताले आज थप घटाउन तल्लो मूल्यमा सेलिङ प्रेसर देखाउन थाले । यहि अवधिमा साना लगानीकर्ताले आत्तीएर बेच्न पुग्दा शेयर बजारमा ६.५९ अंकको गिरावट देखियो ।

चुनाव आउन अव ६ दिन पनि बाँकी छैन । चुनाव अगाडी अव दुई दिन कारोबार हुनेछ । चुनाव पछि के-कस्तो नतिजा आउछ अहिले नै भन्न सकिने अवस्था छैन । यदि स्थिर सरकार आयो भने पनि तलरता व्यवस्था कसरी हुन्छ, अहिलेको आर्थिक संकट कसरी समाधान होला भन्ने अल्योलता कायमै छ । अर्को ठुलो समस्या बैंकिङ तरलताको अभाव कहिले समाधान हुन्छ टुङ्गो छैन ।

यहि जटिल परिस्थितिमा हुँदै गरेको चुनावले निकास दिने हो या थप समस्या सिर्जना गर्ने हो टुङ्गो नभएकाले लगानीकर्ताको मनोविज्ञान पनि बलियो हुन सकेको छैन । त्यसैले बजार तग्न सकेको छैन । तर हिजो २१ अंकले सुधार हुँदा ९४ करोडको कारोबार भएकोमा आज त्यो भन्दा धेरै एक अर्ब भन्दा धेरैको कारोबार भएको छ ।

आजसम्ममा लगभगत सूचिकृत धेरै जसो कम्पनीले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सबैको वित्तीय विवरणमा उत्साहित हुने अवस्था छैन । धेरै जसो कम्पनीको मुनाफा घटेको छ भने बढेकाको पनि खासै ठुलो सुधार छैन ।

मंगलबार नेप्से सूचक ६.५९ अंकले घटेर १८९७.८६ अंक कायम भएको छ । सूचक घटे पनि कारोबार एक अर्ब २ करोडको भएको छ । कतिपय चुनाव पछि शेयर बजार बढ्ने अनुमान लगाउदै जोखिम मोलेर शेयर खरिद गरिरहेका छन् । आज १३३ वटा कम्पनीको मूल्य घट्दा ४३ वटाको भने बढेको छ । सबैभन्दा धेरै हिमालयन डिष्ट्रलरी, नेपाल लाइफको कारोबार भएको छ । बैंकिङ, निर्जीवन बीमा कम्पनी र व्यापरको सूचक बाहेक सम्पुर्ण सूचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS