IME Life

भोलिसम्म वित्तीय विवरण सार्वजनिक नगर्ने बीमा कम्पनीलाई दैनिक एक लाखसम्म जरिवाना, यस्तो छ कानुनी व्यवस्था

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीहरुले भोलिसम्म वित्तीय विवरण सार्वजनिक गरे पहिलो एक साता दैनिक २५ हजार रुपैयाँका दरले जरिवाना तिर्नु पर्नेछ । बीमा ऐन २०७९ को दफा ८४ मा बीमा कम्पनीहरुले त्रैमासिक वित्तीय विवरण प्रत्येक त्रैमाशिक अवधि समाप्त भएको तीस दिनभित्र नेपाल बीमा प्राधिकरणमा पेश गर्नु पर्ने व्यवस्था छ ।

Prabhu
Crest

यस दफामा बीमकले आफ्नो आय-व्यय हिसाब, खुद सम्पत्ती रत्यसमा भएको परिवर्तन, बीमा, पुनर्बीमा, दाबी लगानी सहितको त्रैमासिक वित्तीय विवरण प्रत्येक त्रैमासिक अवधि समाप्त भएको तीस दिनभित्र प्राधिकरणमा पेश गर्नु पर्नेछ भनिएको छ ।

यदि यो दफा उल्लङ्घन गरेमा ऐनकै दफा १३८ मा जरिवाना गर्न सक्ने व्यवस्था छ । यहि दफा अनुसार यो ऐन वा यस ऐन अनुतर्गत जारी भएको नियम, विनियम वा निर्देशन बमोजिम तयार गर्नु पर्ने विवरण वा प्रतिवेदन वा कागजात तयार नगर्ने, दिनु पर्ने जानकारी नदिने वा पेश गर्नुपर्ने कागजात तथा विवरण तोकिएको समयभित्र पेश नगर्ने वा नियमन, निरीक्षण वा अनुगमन गर्दा प्राधिकरण वा सो कार्यका लागि प्राधिकरणबाट खटिएको कुनै अधिकारीले माग गरेको कागजपत्र, विवरण, तथ्याङ्क वा अभिलेख तोकिएको अवधि भित्र उपलब्ध नगराउने बीमक, बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकलाई प्राधिकरणले यस ऐनमा उल्लिखित अन्य सजायको अतिरिक्त तोकिए बमोजिम जरिवाना गर्न सक्ने व्यवस्था छ ।

यसै दफा ‘क’ मा बीमकको हकमा म्याद नाघेको एक हप्तासम्म दैनिक पच्चीस हजार रुपैयाँ तथा बीमा मध्यस्थकर्ता तथा अन्य बीमा सेवा प्रदायकको हकमा दैनिक दुई हजार रुपैयाँ जरिवाना तिर्नु पर्ने व्यवस्था छ । यसै व्यवस्थाका आधारमा यदि बीमा कम्पनीहरुले त्रैमासिक वित्तीय विवरण ३० दिन भित्रमा सार्वजनिक गरेरमा पहिलो एक सातासम्म दैनिक २५ हजार रुपैयाँका दरले जरिवाना तिर्नु पर्छ । यदि बीमा कम्पनीहरुले कार्तिक ३० गतेसम्म वित्तीय विवरण सार्वजनिक नगरेमा मंसिर ७ गतेसम्म प्रत्येक दिन २५ हजार रुपैयाँको दरले जरिवाना तिर्नु पर्छ ।

यस व्यवस्थाले वित्तीय विवरण सार्वजनिक गर्न ढिलाइ गर्नेलाई सबैभन्दा पहिला असर गर्नेछ । अझ पुनर्बीमा कम्पनीहरुले त्रैमासिक वित्तीय विवरण नै दुई तीन महिना पछि सार्वजनिक गर्ने गरेका छन् । यस व्यवस्थाको असर राष्ट्रिय बीमा संस्थान, नेपाल पुनर्बीमा कम्पनीहरुलाई सबैभन्दा धेरै असर गर्नेछ ।

यदि बीमा कम्पनीहरुले म्याद नाघेको दुई हप्तासम्म दैनिक ५० हजार रुपैयाँको दरले जरिवाना तिर्नु पर्छ । यदि पहिलो दुई हप्तासम्म पनि वित्तीय विवरण सार्वजनिक नगरेमा दैनिक एक लाख रुपैयाँसम्म जरिवाना तिर्नु पर्नेछ ।

बैंक तथा वित्तीय संस्थाको नियमनलाई कपि गर्ने नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको वित्तीय विवरणका सम्बन्धमा नियमन गर्न सकेको छैन । बाणिज्य बैंकहरुले त्रैमासिक वित्तीय विवरण सात दिन भित्र सार्वजनिक गरिसक्नु पर्छ । बीमा कम्पनीहरुले सातदेखि १५ दिन भित्रमा वित्तीय विवरण सार्वजनिक गर्न सक्दा बीमा कम्पनीहरुले भने सकिरहेका छैनन् । यसको प्रमुख कारण बीमा प्राधिकरणको फितलो नियमन व्यवस्था नै हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%

खुसी

0%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

7%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS