काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बृद्धि भएको छ । सोमबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन १ हजार रुपैयाँले बृद्धि भई प्रति तोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा ३० रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।