IME Life
Beema Board

प्रोभिजनका कारण एलआइसी नेपाल नोक्सानमा, जीवन बीमा कोष ९७ अर्ब नाघ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रोभिजनिङका कारण एलआइसी नेपाल नोक्सानीमा देखिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाशिक अवधिमा कम्पनी ५९ लाख २९ हजार रुपैयाँले नोक्सानमा देखिन्छ । कम्पनीले यस अवधिमा ५ करोड ५७ लाख रुपैयाँ नोक्सानीका लागि व्यवस्था गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले तीन करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन १४.०३ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ४ अर्ब ४९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ५ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

Prabhu
Crest

 

खुद दाबी भुक्तानीमा भने गिरावट आएको छ । कम्पनीले समिक्षा अवधिमा एक अर्ब ९५ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने गत वर्षको यहि अवधिमा तीन अर्ब ७२ करोड भुक्तानी गरेको थियो । व्यवसायमा गिरावट सँगै अभिकर्ताले प्राप्त गर्ने कमिशन पनि घटेको छ । गत वर्ष अभिकर्ताले ५० करोड १४ लाख रुपैयाँ प्राप्त गरेकोमा यस वर्ष जम्मा ३५ करोड मात्रै प्राप्त गरेका छन् ।

बीमालेख धितोमा राखेर कर्जा लिने क्रम बढेको छ । कम्पनीले मात्रै यस्तो कर्जा १९ अर्ब ७९ करोड रुपैयाँ प्रवाह गरेको छ । दीर्घकालिन कर्जा ७० अर्ब माथि छ । चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको एलआइसीको जगेडा कोषमा ६० करोड ९७ लाख रुपैयाँ सञ्चित छ । जीवन बीमा कोष ९७ अर्ब ५० करोड रुपैयाँ नाघेको छ । गत वर्षको यहि अवधिमा यस्तो कोषमा ८३ अर्ब ४० करोड रुपैयाँ थियो । नोक्सानीका कारण प्रतिशेयर आम्दानी ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS