IME Life
Beema Board

मर्जरको प्रस्ताव पारित सहित ज्योति लाइफको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको उक्त सभा वाटरफ्रन्ट रिसोर्ट पोखरामा सम्पन्न भएको हो । सभाले सूर्या लाइफसँग गाभिने लगायतका प्रस्ताव पारित गरेको छ ।

सूर्या र ज्योति लाइफ एक बराबर ०.८२.४५ कित्ता शेयर आदनप्रदान गर्ने गरी मर्जरमा जान लागेका हुन् । सभाले मर्जर कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालन समितिलाई दिने प्रस्ताव पारित गरेको छ । मर्जर पछि बन्ने कम्पनीको नाम ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी’ रहनेछ ।

Prabhu
Crest

त्यसैगरी सभाले संचालक समितिले प्रस्तुत गर्ने आथिर्क कवर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । आथिर्क कवर्ष २०७७/ ७८ को नाफा, नोक्सान, हिसाब, नगद प्रवाह लगायतका प्रस्ताव पारित गरेको छ । बाह्य लेखापरिक्षक नियुक्ती र नीजको पारिश्रमिक निर्धारण गर्ने र वर्तमान लेखापरिक्षक नै नियुक्तीका लागि योग्य हुने प्रस्ताव पारित गरेको छ ।

मर्जर पछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्ष केशब प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री हुने सहमति भइसकेको छ भने सूर्याका सिइओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुने कम्पनीले जनाएको छ ।

सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरेको आर्थिक साहयता वापतको रकम समेत अनुमोदन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

70%

खुसी

20%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

10%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS