Connect IPS
IME Life

सूर्या लाइफको साधारण सभा सम्पन्न, मर्जरको विशेष प्रस्ताव पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न भएको छ । सभाले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँगको मर्जरको प्रस्ताव पारित गरेको छ । सूर्या र ज्योति एक बराबर ०.८२.४५ को अनुपातमा गाभ्ने गाभिने भएका छन् ।

साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव अनुमोदन पछि आवश्यक प्रक्रिया अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित भएको छ । सभाले डिडिए प्रतिवेदनलाई अनुमोदन गर्नुका साथै स्वीकृति प्रदान गरेको छ ।

Prabhu
Crest

मर्जर पछि बन्ने कम्पनीको नाम ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी’ रहनेछ । मर्जरका क्रममा भएको अन्तिम सहमतिपत्रलाई साधारणसभाबाट अनुमोदन गर्ने प्रस्ताव पारित भएको छ । मर्जर पछि कायम हुने कम्पनीको सञ्चालक समितिको सदस्य प्रतिनिधित्व गर्ने सञ्चालकलाई अनुमोदन भएको छ ।

सूर्या लाइफ र ज्योति लाइफ जीवन बीमाको इतिहासमा पहिलो मर्जरको इतिहास बनाउदैछन् । प्राइम, युनियन र गुराँसले सबैभन्दा पहिला मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरे पनि उनिहरुको मर्जर अहिलेसम्म पनि सफल हुन सकेको छैन । तर यो भन्दा पछि मर्जरको सहमति गरेका सूर्या र ज्योतिले भने सबैभन्दा पहिला सफल मर्जर गर्ने भएका हुन् ।

मर्जर पछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्ष केशब प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री हुने सहमति भइसकेको छ भने सूर्याका सिइओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

8%

अचम्मित

8%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS