IME Life
Beema Board

शिखर इन्स्योरेन्सको मधेश प्रदेश कार्यालयद्धारा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको मधेष प्रदेश शाखाले वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले १८ औ वार्षिकोत्सवको प्रारम्भिक सत्रमा आयोजना गरेको रक्तदान कार्यक्रममा आज ५३ जनाले रक्तदान गरेका छन् ।

कम्पनीका जनरल म्यानेजर पुस्कर महतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको मधेष प्रदेश कार्यालयका प्रमुख सुरेश चन्द्र गुप्ताले जानकारी दिए । कार्यक्रममा बैंकर, बीमा कम्पनीका कर्मचारी, क्रिकेट खेलाडी, भारतीय दुतावासका कर्मचारी, बीमा प्राधिकरणका कर्मचारी, कलेजका विद्यार्थी, बीमा सर्भेयर लगायत सर्वसाधारणले रक्तदान गरेका थिए ।

Prabhu
Crest

रक्तदान शिखर इन्स्योरेन्सको आदर्शनगर वीरगञ्ज शाखामा भएको हो । शिखरले वार्षिकोत्सवको अवसरमा देशभरका शाखा कार्यालयबाट रक्तदान कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । योजना अनुरुप नै कम्पनीका प्रादेशिक कार्यालयले समन्वयन गरिरहेका छन् ।

निर्जीवन बीमा व्यवसायका अधिकाम्स सूचकमा अग्रणी शिखरले यहि मंसिर २ गते १८ औ वार्षिकोत्सव भव्यताका साथ मनाउदै छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS