काठमाडौं । आज नेप्से परिसूचक १० दशमलव ५४ अंकले घटेर १,८८३ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज ४४ कम्पनीको शेयर मुल्य बढेको छ भने १३१ कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ ।
आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फण्डका इकाईधनीले कमाएका छन् । फण्डका इकाईधनीले ७ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी उन्नती कोषका इकाईधनीले ३ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले ३ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नविल ब्यालेन्स्ड फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ६ दशमलव ९० प्रतिशतका दरले गुमाएका हुन् ।