IME Life
Beema Board

बीमा क्षेत्रकी पहिलो महिला सिइओ उपासनाको राजिनामा स्वीकृत, निमित्तको जिम्मेवारी नविन सुवेदीलाई

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलको राजिनामा स्वीकृत गरेको छ । कार्तिक २५ गते शुक्रवार साँझ ४ बजे बसेको संचालक समितिको ३७६ औ बैठकले उपासनाको राजिनामा स्वीकृत गरेको हो ।

पौडेलले असोज पहिलो साता सञ्चालक समितिलाई राजिनामा दिएकी थिइन् । कम्पनीले उनको राजिनामा तत्काल स्वीकृत नगरी गत शुक्रवार मात्रै स्वीकृत गरेको हो । सञ्चालक समितिले महाप्रवन्धक नविन सुवेदीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

Prabhu
Crest

पौडेललाई सञ्चालक समितिले २०७८ बैशाख १६ गते चार वर्षका लागि नियुक्त गरेको थियो । बीमा क्षेत्रकै पहिलो महिला सिइओको ताज पाएकी पौडेलले कार्यकाल पुरा नगरी डेढ वर्षमै राजिनामा दिएर बाहिरिएकी छिन् । कम्पनीको मर्जर गर्ने विषयलाई सहज बनाउन पौडेलले राजिनामा दिएको बुझिएको छ । कम्पनीले अन्य विभिन्न कम्पनीलाई मर्जरका लागि प्रस्ताव गरिरहेको छ । तर अहिलेसम्म संझौता भने गरिसकेको छैन ।

अर्को तर्फ युनाइटेडले नायब प्रमुख कार्यकारी अधिकृतको खुला दरखास्त आह्वान गरेर आवेदन समेत लिइसकेको छ । तर अहिलेसम्म यसको प्रकृयाँ भने अगाडी बढाएको छैन । यदि मर्जर सफल भएन भने मात्रै यसको प्रकृयाँ अगाडी बढाउने योजनामा कम्पनी छ ।

युनाइटेडमा सामान्यतया कुनै पनि प्रमुख कार्यकारी अधिकृतले पुर्ण कार्यकाल काम गरेको रेकर्ड छैन । संस्थापकको हस्तक्षेपका कारण कसैले पनि पुर्ण कार्यकाल काम गर्न सक्दैनन् । उपासनाले पनि कार्यकाल पुरा नभइ राजिनामा दिएर बाहिरिने भएकी हुन् ।

पौडेल डेढ वर्ष सिइओ र डेढ वर्ष नायब प्रमुख कार्यकारी अधिकृत सहित तीन वर्ष काम गरेर युनाइटेडबाट बाहिरिएकी छिन् । भारतको दिल्ली युनिभर्सिटिबाट एमबिए गरेकी पौडेलले भारतकै आईसीआईसीआई लोम्बार्ड इन्स्योरेन्स र भारती एक्सामा एक दशक भन्दा लामो समय काम गरेकी थिइन् । भारतबाट उनि सिधै तत्कालिन सानिमा जनरलको सहायक महाप्रवन्धक पदमा रहेर काम गरेकी थिइन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

14%

दु :खी

29%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS