IME Life
Beema Board

निर्जीवन बीमा कम्पनीहरुको व्यापार १०% ले बृद्धि, कुन कम्पनीले कस्तो गरे प्रगति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७९/ ८० को असोज मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब ८४ करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा यी कम्पनीहरुले ९ अर्ब ९० करोड ५ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यवसाय १० प्रतिशतले बढी हो ।

बीमा समितको तथ्याङक अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले व्यापार गरेको थियो । गत आर्थिक वर्षको यस अवधिसम्ममा शिखरले १ अर्ब ३२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । तर यस आर्थिक वर्षको असोज मसान्तसम्ममा सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।

Prabhu
Crest

गत आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्मको तथ्याङकमा यस आर्थिक वर्ष २०७९/ ८० को असोज मसान्तसम्मको तथ्याङकलाई तुलना गर्दा :
यस अवधिसम्ममा सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीले आर्जन गरेको छ । कम्पनीले यस अवधिमा १ अर्ब २६ करोड व्यापार गरेको छ । गत आर्थिक वर्ष २०७८ /७९ को असोज मसान्तसम्मको तुलनामा राष्ट्रिय बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन १८३ प्रतिशतले बढी हो । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको असोजमसान्तसम्मको तुलनामा कुल बीमा शुल्क आर्जन २ प्रतिशतले बृद्धि गरेको छ ।

गत आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा नेको इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन २ प्रतिशतले बढेको छ सिद्धार्थ इन्स्योरेन्स कम्पनीको ९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा यस अवधिमा लुम्बिनी जनरललको कुल बीमा शुल्क ३८ प्रतिशत, अजोड इन्स्योरेन्स कम्पनीको ११ प्रतिशत, आइएमई जनरल इन्स्योरेन्सको २० प्रतिशत, नेपाल इन्स्योरेन्सको २८ प्रतिशतले बढेको छ ।

त्यसैगरी गत आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा यस अवधिसम्ममा प्रभु इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ५ प्रतिशत, ओरिएण्टल इन्स्योरेन्स कम्पनीको १० प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको १३ प्रतिशत, नेशनल इन्स्योरेन्स कम्पनीको १३ प्रतिशत र सानिमा जनरल इन्स्योरेस कम्पनीको २७ प्रतिशतले बढेको छ ।

६ कम्पनीको घट्यो
गत आर्थिक वर्ष २०७८/ ७९ को असोज मसान्तसम्मको तुलनामा यस अवधिसम्ममा ६ कम्पनकिो कुल बीमा शुल्क आर्जन घटेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा सगरमाथा इन्स्योरेन्सको कुल बीमा शुल्क ६ प्रतिशतले घटेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको कुल बीमा शुल्क ४ प्रतिशत, एनएलजी इन्स्योरेन्स कम्पनीको १० प्रतिशत, प्रिमियर इन्स्योरेन्स कम्पनीको ७ प्रतिशत, यूनाइटेड इन्स्योरेन्स कम्पनीको २७ प्रतिशत र जनरल इन्स्योरेन्स कम्पनीको २ प्रतिशतले बुल बीमा शुल्क आर्जनमा गिरावट देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

14%

दु :खी

14%

अचम्मित

0%

उत्साहित

71%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS