काठमाडौं । गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको कार्तिक २४ गते बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउनेछन् ।