काठमाडौं । ब्यबसायी चन्द्र ढकाल अध्यक्ष रहेको आइएमई लिमिटेडले आफ्नो २२ औं वार्षिक साधारण सभा मंसिर १६ गते हुने भएको छ । सभा होटल ले हिमालय लाजिम्पाट, काठमाडौंमा दिउँसो ३ बजे शुरु हुने जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने , संचालक समिति गठन गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती,र निजको पारिश्रमिक निर्धारण गर्ने साधारण प्रस्ताव पनि पारित गर्नेछ ।
बिशेष प्रसताबमा कम्पनीले आर्थिक वर्ष २०७८/७९ को संचित कोषबाट आफ्ना शेयरधनीहरुलाई बोनस शेयर दिने र आईपिओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यो सगै रेमिट संचालन गर्ने पहिलो कमनीको रुपमा नेप्सेमा सुचिकरण हुनेछ।