IME Life
GBIME

पशुधनको मृत्यु भएमा कसरी क्षतिपूर्ति दाबी गर्ने ? विजय तामाङको लेख

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले २०४३/४४ सालबाट पशुधन सुरक्षण कार्यक्रम सुरु भएको थियो । हाल कर्जा सुरक्षण नियमावली, २०७५ मार्फत पशुधन सुरक्षण कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ । पशुधनमा सुरक्षण जोखिम व्यवस्थापनको औजार हो । यसले सम्भावित जोखिमबाट हुने सक्ने क्षति विरुद्ध वित्तीय सुरक्षा उपलब्ध गराउँदा । सुरक्षण भविष्यमा उत्पन्न हुने सक्ने जोखिम वा संकटका विरुद्ध आर्थिक सुरक्षा प्रदान गर्ने कानूनी करार पनि हो ।

कोषले सुरक्षण लिन पाउने पशुको प्रकार र उमेर पनि तोकेको छ । जसअन्तर्गत ठूला पशुधनहरुमा २ देखि ११ वर्षसम्म सुरक्षण लिन सकिन्छ । साना पशुहरुमा भने ४ वर्षसम्मको समय अवधि रहन्छ । प्रजननका लागि भने ५/५ वटासम्म साँढे, राँगो, बोका, भेडा, च्याङ्ग्र वा बङ्गुरलाई सुरक्षण कोषमा राख्न सकिन्छ । साथै टाँगा व्यवसायका लागि ५/५ वटा घोडा घोडी राख्न पाउने व्यवस्था रहेको छ । जोत्नका लागि प्रयोगमा आउने राँगा र गोरु भने ६/६ वटा सुरक्षणका राख्न पाउने व्यवस्था छ ।

Crest

कति लाग्छ पशुधन सुरक्षण शुल्क ?

१.कुल सुरक्षण रकमको ५ प्रतिशतले हुन आउने रकम बार्षिक सुरक्षण शुल्क वापत कोषलाई बुझाउनुपर्ने हुन्छ ।
२.सुरक्षण शुल्कको पचास प्रतिशत रकम सम्बन्धित ऋणीबाट लिनेछ । बाँकी पचास प्रतिशत रकम नेपाल सरकारले अनुदान स्वरुप कोषलाई उपलब्ध गरउनुपर्ने हुन्छ ।
३.सुरक्षणकर्ताले सुरक्षित पशुधन बिक्रि गरेमा वा कुनै प्रकारले हक छाडी दिएमा त्यस्तो पशुधनकाृ सुरक्षण लेख हस्तान्तरण हुने छैन ।
४.सुरक्षित पशुधन बिक्रि गरेमा वा कुनै प्रकारले हक छाडी दिएमा, पशुधन हराएको वा चोरी भएकोले सुरक्षण कर्ताको संरक्षणमा नरहेमा वा ऋणीले लिएको सम्पूर्ण कर्जा चुक्त गरेमा सुरक्षण लेख रद्ध हुनेछ ।
५.कोषको सदस्य नरहेको बैंक तथा वित्तीय संस्थाले फर्म वा व्यक्तिलाई दशलाख रुपैयाँ वा सोभन्दा बढी लगानी गरी खरिद गरिएका उन्नत गाई वा भैंसीको यस नियमावली बमोजिमको प्रक्रिया पूरा गरी सुरक्षण गराउन सकिन्छ ।
६.आवश्यक प्रक्रिया पुरा नभएमा, विवरण कागजात पेश नभएमा, पशुधन रोगी र अस्वस्थ प्रमाणित भएमा वा प्र्रस्तावित पशुधन अन्यत्र सुरक्षण भइसकेमा पशुधन सुरक्षण नहुने । ७.सुरक्षण लेख नवीकरण गर्नुपर्ने भएमा सुरक्षण लेखको म्याद समाप्त हुनु भन्दा तीस दिन अगावै वार्षिक सुरक्षण शुल्क बुझाएको निस्स र पशुधनको विवरण कागजात संलग्न गरी नवीकराका लागि कोषमा लेखी पढाउनुपर्ने हुन्छ ।

पशुधनको मृत्यु र अनुत्पादक क्षतिपूर्ति दाबी सम्बन्धमा

१.पशुधनको मृत्यु भएमा सोको ४८ घण्टाभित्र र पशुधन अनुत्पादक भएको वा अनुत्पादक भएको शंका लागेमा तुरुन्त सम्बन्धित सदस्य संस्था र सम्बन्धित पशु सेवा कार्यालयको प्राविधिकलाई वा सम्बन्धित समुहको अध्यक्षलाई लिखित जानकारी दिनुपर्ने हुन्छ ।
२.मृत्युको जानकारी प्राप्त भएमा सदस्य संस्थाले खटाएको कर्मचारी, सम्बन्धित प्राविधिक वा समुहको अध्यक्षले यथाशीघ्र मृत पशुधनको यकिन गरी मृत पशुधनको मृत्यु प्रमाणपत्र जारी गरिदिनु पर्दछ ।
३.पशु सेवा कार्यालयको प्राविधिक वा कोषले तोकेको प्राविधिकले पशुधन अनुत्पादक भएको लिखित जानकारी प्राप्त गरेमा सो मितिले दसई महिनासम्म उक्त पशुधनलाई आफ्नो निगरानीमा राख्नुपर्छ । त्यसरी निगरानीमा राख्दा त्यस्तो पशुधन अनुत्पादक भएको ठहरिएमा पशुधन अनुत्पादक प्रमाणपत्र जारी गर्नुपर्नेद्ध ।
४.सुरक्षित पशुधनको मृत्यु भएको मितिले सात दिनभित्र सम्बन्धित सुरक्षणकर्ताले पशुधन सुरक्षण लेखको सक्कल प्रति, पशुधनको मृत्यु पूमाण्पत्र, सुरक्षित पशुधनलाई लगाइएको संकेत पट्टा, कर्जा लेजर तथा तोकिए बमोजिमका अन्य कागजात संलग्न गरी सम्बन्धित सदस्य संस्था मार्फत कोष समक्ष निवेदन दिनु पर्नेछ ।
५.मृत पशुधनको क्षतिपूर्तिको दाबी प्राप्त भएमा सदस्य संस्थाले पन्ध्र दिनभित्र त्यस्तो दाबी फाछ्र्यौटको लागि कोषमा लेखी पठाउनु पर्नेछ र सदस्य संस्थाबाट क्षतिपूर्ति दाबी सम्बन्धी विवरण कागजात प्राप्त भएको पैतीस दिनभित्र कोषले आवश्यक जाँचबुझ गरी यस नियमावली बमोजिमको क्षतिपूर्ति दाबी स्वीकृत गर्ने वा नगर्ने विषयमा निर्णय गर्नुपर्नेछ ।
६.क्षतिपूर्ति दाबी कोषले स्वीकृत नगरेमा सुरक्षणकर्ताले सोको जानकारी पाएको मितिले पैंतीस दिनभित्र त्यस्तो दाबी प्रमाणित गर्ने थप विवरण कागजात भए सो संलग्न गरी पुन दाबीको लागि सदस्य संस्था मार्फत कोषमा अनुरोध गर्न सकिन्छ । पुन दाबीको लागि सदस्य संस्था मार्फत कोषमा अनुरोध भई आएमा कोषले प्राप्त विवरण कागजातको आधारमा त्यस्तो दाबी स्वीकृत गर्न सकिन्छ ।

कुन अवस्थामा क्षतिपूर्ति दाबी लाग्दैन ?

१.निर्धारित अवधिभित्र दाबी प्रकृया पूरा नगरेमा,
२.पशुधन उपरको हक कुनै कारणले छाडी दिएमा वा पशुधन हराएमा वा चोरी भएमा,
३.पशुधनलाई मार्ने उदेश्यले घाइते बनाएमा वा लापरवाहीका कारण पशुधनको मृत्यु भएमा
४.बुझाउनुपर्ने सुरक्षण शुल्क म्यादभित्र नबुझाएमा
५.पशुधनको शरिरमा लगाएको संकेत पट्टा नभएमा, हराएको भए सदस्य संस्था वा पशु प्राविधिक वा समुहकको अध्यक्षलाई लिखित जानकारी नदिएमा,
६.नियमावली बमोजिम पेश गर्नुपर्ने सम्पूर्ण कागजात र प्रमाणहरु पेश नगरेमा,
७.पशुधनलाई जुन उदेश्य र प्रयोजनमा प्रयोग गर्नुपर्ने हो सो अनुरुप प्रयोग नगरेमा,
८.निर्धारित अवधिभित्र दाबी र पुनःदाबी नगरेमा,
९.कोषले निर्धारण गरेको अन्य विषय आदि ।

सुरक्षित पशुधनको मृत्यु भएमा क्षतिपूर्ति बापत सुरक्षण लेखमा उल्लेखित सुरक्षण रकमको नब्बे प्रतिशतले हुन आउने रकम सम्बन्धित सदस्य संस्था मार्फत सुरक्षणकताृलाई प्रदान गर्नुपर्नेछ । अनुत्पादकको हकमा भने पशुधन अनुत्पादक प्रमाणित भएको मितिले सात दिनभित्र सुरक्षणकर्ताले पशुधन अनुत्पादक भएको जानकारी पशु सेवा कार्यालयलाई दिइको पत्रको प्रतिलिपी, पशुधन सुरक्षण लेखको सक्कल प्रति र सुरक्षित पशुधन अनुत्पादक भएको प्रमाणपत्र संलग्न गरी सदस्य संस्था मार्फत कोष समक्ष क्षतिपूर्ति दाबी गर्नुपर्ने हुन्छ । पशुधन अनुत्पादक भएको प्रमाणित भएमा कोषले त्यस्तो पशुधनको सुरक्षण लेखमा उल्लिखित सुरक्षण रकमको ५० प्रतिशतले हुने रकम सदस्य संस्था मार्फत सुरक्षणकर्तालाई प्रदान गर्नुपर्ने हुन्छ ।

पशुधनको स्वास्थय परीक्षण गर्ने, संकेत पट्टा लगाउने, मृत्यु प्रमाणित गर्ने तथा अनुत्पादक प्रमाणित गर्ने कार्य गरे बापत सम्बन्धित प्राविधिक, सम्बन्धित सदस्य संस्थाका कर्मचारी र समुह अध्यक्षलाई कोषले जनही प्रति ठूला पशुधनको १ सय र साना पशुधनको ५० साथै पशुधनलाई पुन संकेत पट्टा लगाए बापत प्रति पशुधन २५ रुपैयाँका दरले पारिश्रमिक दिने व्यवस्था छ ।

पशुधन कार्यक्रममा निहित कानूनी तथा अन्य समस्याहरु

१.नियमावलीमा सदसय संस्था मार्फत प्रवाह भएको कर्जाबाट खरिद पशुधनको मात्र सुरक्षण हुने व्यवस्था भएकोले सुरक्षणको क्षेत्रमा सिमितता
२.नियमावलीमा वास्तविक कृषकभन्दा संस्थागत शितलाई प्राथमिकता दिइएको आर्थत कृषकभन्दा बढी संस्था लक्षित जस्तै कृषकले एक वर्षको सुरक्षण शुल्क भुक्तानी गरेता पनि कर्जाको अन्तिम भुक्तानी तथा अन्तिम भुुक्तानी अगावै ऋण चुक्ता गरेमा सुरक्षण लेख स्वत रद्ध हुने,
३.नियमावलीमा सुरक्षण तथा दाबी भुक्तानीमा आवश्यकता बमोजिम आवश्यक सामग्री एवम् कागजात माग्ने र प्राप्त गर्ने स्पष्ट व्यवस्था उल्लेख नभएको (जस्तै, कर्जा, लेजर, पशु मृत्युको मुचुल्का, मृत पशुधनको डिजिटल माध्यमबाट फोटो भिडियो प्राप्तिको अधिकार आदि)
४.नियमावलीलाई समय सान्दर्भिक परिमार्जन र संशोधन गर्न नसकिएको
५.सरकारले व्यवस्था गरेको अर्थात बजेटमा घोषणा गरे अनुसारको कृषकलाई अनुदान उपलब्ध गराउन नसकिएको
६.बैंक तथा वित्तीय संस्थाले पशु प्राविधिकको व्यवस्गथा, कागजातको तयारी, सुरक्षणमा कर्मचारी खटाउने आदि कार्यलाई बोझ, झन्झटिलो र खर्चिलो कार्यको रुपमा लिने गरेको र कोषको तर्फबाट डिजिटलाइज प्रणली एवम् कागज रशित कार्यक्रम बनाउन नसकिएको,
७.विश्वासमा आधारित कार्यक्रमको रुपमा सञ्चालित रहेको कोषबाट प्रभावकारी निगरानी र निरीक्षण गर्न नसकिएको,
८.आधुनिक प्रविधि पद्धति र प्रणालीको विकास गर्न नसकिएको जस्तै अनलाइन डकुमेण्ट अपलोड, अनलाइन भेरिफाई, आवश्यकता अनुसार अनलाइनबाटै सुरक्षण लेख प्रिन्ट आदि,
९.कोषको तर्फबाट कृषक तथा सदस्य संस्थालाई सुरक्षण कार्यक्रमको सम्बन्धमा स्पष्ट जानकारी एवम प्रचार प्रसार गर्न नसकिएको इत्यादि ।

(विजय तामाङ निक्षेप तथा कर्जा सुरक्षण कोषमा कार्यरत छन् ।)

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS