काठमाडौं । आज नेप्से परिसूचक ३९ दशमलव १५ अंकले घटेर १,९१७ दशमलव २२ को विन्दुमा कायम भएको छ । आज ४ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ । आज १८१ कम्पनकिो शेयर मुल्य घटेको छ । आज सबै उपसूचक रात्ताम्मे भएका छन् ।
आज सबैभन्दा धेरै अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् । नविल ब्यालेन्स फण्डका इकाईधनीले ४ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् । एनसीसी बेंक डिवेञ्चरका इकाईधनीले ३ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।