काठमाडौं । आज नेप्से परिसूचक ३९ दशमलव १५ अंकले घटेर १,९१७ दशमलव २२ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ४० करोड ७३ लाख ९५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्रीय संस्थाको कारोबार भएको छ । कम्पनीको ६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको ६ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ५ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।