Connect IPS
IME Life

एक महिनामा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे २ अर्ब ९६ करोड बीमा शुल्क,कुनको कति?(सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७९/ ८० को असोज महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब माथि बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङक अनुसार यी कम्पनीहरुले एक महिनामा कुल २ लाख ४४ हजार ९७ वटा बीमा लेख विक्री गरी २ अर्ब ९६ करोड ७ लाख रुपैयाँ बीमा शुलक आर्जन गर्न सफल भएका हुन् । असोज महिनासम्ममा यी कम्पनीहरुले पौने ११ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा समितिको तथ्याङक अनुसार असोज महिनामा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले बीमा शुलक आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ३४ करोड ७६ लाख रुपैयाँ बीमा शुलक आर्जन गरेको छ । दोस्रोमा नेको यन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा २८ करोड ८६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

तेस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा २६ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सिद्धार्थ इन्स्योरेन्सले २२ करोड २९ लाख, लुम्बिनी जनरल इ्रन्स्योरेन्सले १९ करोड ५१ लाख, एनएलजी इन्स्योरेन्स कम्पनीले १७ करोड ८२ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले १७ करोड ४ लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले १६ करोड ७२ लाख, प्रिमियर इन्स्योरेन्सले १५ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
त्यसैगरी अजोड इन्स्योरेन्स कम्पनीले १४ करोड ७७ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १२ करोड २३ लाख रुपैयाँ, यूनाइटेड इन्स्योरेन्सले १२ करोड १८ लाख, प्रभु इन्स्योरेन्सले ११ करोड ४३ लाख, सानिमा जनरलले ९ करोड ७५ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले ९ करोड ७४ लाख, ओरिएण्टल इन्स्योरेन्स कम्पनीले ८ करोड २० लाख, नेशनल इन्स्योरेन्सले ६ करोड ८४ लाख, जनरल इन्स्योरेन्सले ६ करोड ३० लाख र राष्ट्रिय बीमा कम्पनीले ५ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

25%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS