काठमाडौं । आज नेप्से परिसूचक २ दशमलव ५७ अंकले घटेर १,९५६ दशमलव ३६ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, सिटिजन बैंकको ६ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।