काठमाडौं । आज नेप्से परिसूचक ६ दशमलव ४३ अंकले घटेर १,९५८ दशमलव ९४ को विन्दुमा कायम गरेको छ । आज ५६ कम्पनीको शेयर मुल्य बढेको छ भने आज १२६ कम्पनीको शेयर मुल्य घटेको छ । आज पाँच उपसूचक बढेका छन् ।
आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले ८ दशमलव १३ का दरले कमाएका छन् । जाल्पा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । आरबीबी म्युचुअल फण्डका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले ५ दशमलव ७० प्रतिशतका दरले गुमाएका छन् ।