काठमाडौं । आज शेयर बजार घटेको छ । आज नेप्से परिसूचक ६ दशमलव ४३ अंकले घटेर १,९५८ दशमलव ९४ को विन्दुमा कायम गरेको छ । आज ५६ कम्पनीको शेयर मुल्य बढेको छ भने आज १२६ कम्पनीको शेयर मुल्य घटेको छ । आज पाँच उपसूचक बढेका छन् ।
आज दिनभरिमा २२४ कम्पनीको ४९ लाख ४४ हजार ७६ कित्ता किनबेच हुँदा २ अर्ब १० करोड ९१ लाख ६३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जाल्पा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार भएको छ । आज कम्पनीको १५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको ११ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको १० करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ९ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले ८ दशमलव १३ का दरले कमाएका छन् । जाल्पा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । आरबीबी म्युचुअल फण्डका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले ५ दशमलव ७० प्रतिशतका दरले गुमाएका छन् ।