SKIP THIS

MLBL
IME Life
Beema Board

सानिमा जिआइसीकाे एकीकृत काराेबारमा बीमा समितिकाे अन्तिम स्वीकृति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डाै‌ । बीमा समितिले सानिमा जनरल इन्स्याेरेन्स र जरनर इन्स्याेरेन्स कम्पनी आपसमा गाभिएर सानिमा जिआइसी इन्स्याेरेन्स लिमिटेडकाे नामबाट एकीकृत काराेबार शुरु गर्न अन्तिम स्वीकृति प्रदान गरेकाे छ ।

बीमा समितिले आइतबार सार्वजनिक सूचना जारी गर्दै सानिमा जिआइसीकाे नामबाट कात्तिक ७ गतेदेखि नै लागू हुने गरी एकीकृत काराेबार गर्न स्वीकृति दिइएकाे जानकारी दिएकाे छ । सानिमा समूह मुख्य प्रवर्द्धक रहेकाे सानिमा जनरल इन्स्याेरेन्स र क्याल समूह मुख्य प्रवर्द्धक रहेकाे जिआइसी इन्स्याेरेन्सले गाभ्ने गाभिने सम्बन्धमा गत असाेज ११ गते विशेष साधारण सभाबाट प्रस्ताव पास गराएका थिए ।

Prabhu
Crest

सानिमा र जिआइसी बीच एकीकृत काराेबार शुरु भएसँगै निर्जीवन बीमा कम्पनीहरुबीच याे दाेश्राे मर्जर ‍गाभ्ने गाभिने सम्झाैता सम्पन्न भएकाे छ । याे सम्झाैतासँगै निर्जीवन बीमा कम्पनीकाे संख्या १९ बाट १८ मा झरेकाे छ। यसअघि हिमालयन जनरल इन्स्याेरेन्स र एभरेष्ट इन्स्याेरेन्सबीच मर्जर सफल भएर हिमालयन जनरल इन्स्याेरेन्सकाे नामबाट एकीकृत काराेबार शुरू गरि सकेका छन् ।

यी दुबै कम्पनीबीच गत असार २९ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएकाे थियाे । बीमा समितिले असाेज १४ गते र कम्पनी रजिष्ट्रारकाे कार्यालयले असाेज २७ गते मर्जरकाे लागी स्वीकृति दिएकाे थियाे । बराबर हैसियतमा स्वाप रेशियाे निर्धारण गरेका यी दुबै कम्पनीकाे मर्जरपछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेकाे छ ।

बीमा समितिले चुक्ता पूँजी झण्डै दाेब्बर बनाउनुपर्ने प्रावधान जारी गर्दै बीमा कम्पनीहरूबीच मर्जरकाे लागी दबाब दिएपछि अहिले करिब एक दर्जन बीमा कम्पनीहरू मर्जर प्रकृयामा रहेका छन् । निर्जीवन बीमा कम्पनीले एक अर्ब चुक्ता पूँजीबाट चैत्र मसान्तभित्रमा २ अर्ब ५० कराेड रूपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने बाध्यता छ । यसबाहेक जीवन बीमा कम्पनीले चैत्र मसान्तभित्रै पाँच अर्ब रूपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

25%

दु :खी

25%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS