काठमाडौं । आज नेप्से परिसूचक ४३ दशमलव २० अंकले बढ्दा १८५ कम्पनीको शेयर मुल्य बढेको छ भने १ कम्पनीको मात्र शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् । आज ७ कम्पनीको मुल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, नेष्डने समृद्ध लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । उन्नती सहकार्य लघुवित्तका लगानकिर्ताले ९ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नविल इक्विटी फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले २ प्रतिशतका दरले गुमाएका हुन् ।