IME Life
GBIME

नेप्से ४३ अंकले बढ्यो, साढे १ अर्बको कारोबार हुँदा १८५ कम्पनीको शेयर मुल्यमा बृद्धि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४३ दशमलव २० अंकले बढेर १,९६५ दशमलव ३६ को विन्दुमा कायम भएको छ । आज १८५ कम्पनीको शेयर मुल्य बढेको छ भने १ कम्पनीको मात्र शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा २२८ कम्पनीको ३९ लाख १३ हजार ५७३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ८० लाख ३२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार भएको छ । कम्पनीको १० करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, एभरेष्ट बैंकको ७ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ६ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, नेष्डने समृद्ध लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । उन्नती सहकार्य लघुवित्तका लगानकिर्ताले ९ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नविल इक्विटी फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले २ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS