SKIP THIS

MLBL
IME Life
Beema Board

छिमेक लघुवित्तको नाफा ५३% ले बढ्दा अधिकांश सूचकमा प्रगति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। यस अवधिमा लघुवित्तको खुद नाफा ५३ दशमलव ७१ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २१ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३८ दशमलव ६२ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी २९ दशमलव ८५ प्रतिशत बढेको छ।

Prabhu
Crest

यस अवधिमा लघुवित्तको चुक्ता पूँजी स्थिर रहेको छ । यस अवधिमा कम्पनीको जगेडा कोष १०.४४ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको निक्षेप तथा सापटी ४.७८ प्रतिशतले बढेको छ भने कर्जा लगानी २ दशमलव १५ प्रतिशतले बढेको छ।

यस अवधिमा लघुवित्तको प्रति शेयर आम्दानी ९ रुपैयाँ ८४ पैसा बढेर ५६ रुपैयाँमा ६४ पैसा पुगेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १७.३९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७० रुपैयाँ ३० पैसा रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS