SKIP THIS

MLBL
IME Life
Beema Board

घाटामा रहेकाे नागरिक दैनिककाे प्रकाशकले आइपिओ जारी गर्न गरायाे रेटिङ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौं । लामो समयदेखि वित्तीय नोक्सानीबाट गुज्रिरहेको नागरिक दैनिक पत्रिकाको प्रकाशक संस्था नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणबाट लगानी जुटाउने उद्देश्यले क्रेडिट रेटिङ गराएको छ ।
इन्फोमेरिक्सले वित्तीय दायीत्व निर्वाह सम्बन्धमा यो कम्पनीलाई बि प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सको प्रेस विज्ञप्ती अनुसार समयमै वित्तीय दायीत्व निर्वाह गर्ने सन्दर्भमा रिपब्लिक मिडियामा उच्च जोखिम रहेको छ ।

सूचना प्रविधिको बढ्दो प्रयोगसँगै विश्वव्यापी समाचार प्रदायकसँग गर्नुपर्ने प्रतिस्पर्धासँगै कोरोना महामारीका कारण आम्दानीमा आएको गिरावटका कारण यो संस्था वित्तीयरुपमा कमजोर रहेको छ ।
आर्थिक वर्ष २०७६।७७ मा कूल कारोबारमा ४३ प्रतिशतले गिरावट आएकोमा २०७७।७८ मा थप ४० प्रतिशतले खस्किएको थियो । आर्थिक वर्ष २०७८।७९ मा व्यवसायमा सुधार भएर १८ प्रतिशतले व्यापार बढाउन सफल भएको छ । व्यापारमा सुधार देखिए पनि कम्पनीको घाटा उच्च रहेको छ ।
कम्पनीको वित्तीय दायीत्वमा कूल पूँजीको अनुपात समेत विगत तीन आर्थिक् वर्षदेखि नकारात्मक रहेको छ । कुनै पनि कम्पनीले तिर्नुपर्ने वित्तीय दायीत्वसँग कम्पनीको पूँजीको अनुपातको आधारमा गियरिङ रेसियो गणना गरिन्छ । गियरिङ रेसियो नकारात्मक भएको कम्पनीका लागी अर्थतन्त्रमा थोरै पनि मन्दी आएको अवस्थामा ओरालो लाग्ने उच्च जोखिम हुन्छ ।

Prabhu
Crest

इन्फोमेरिक्सका अनुसार प्रवद्र्धकहरुको खुद व्यक्तिगत सम्पत्तिको तुलनामा नेपाल रिपब्लिक मिडियाको वित्तीय दायीत्व १३ प्रतिशत भन्दा कम छ । लगातार घाटामा भएकाले कम्पनीको पूँजी भन्दा पनि यसको विनोद राज ज्ञवालीसहितका प्रवद्र्धकहरुको खुद सम्पत्तिसँग वित्तीय दायीत्वलाई इन्फोमेरिक्सले तुलना गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS