IME Life
Beema Board

मुक्तिनाथ र गरिमा विकास बैंक मध्ये कुन तगडा ? (प्रथम त्रैमासको आधारमा)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक नेपालका दुई चर्चित राष्ट्रिय स्तरका विकास बैंक हुन् । चालु आर्थिक वर्ष (२०७९/८० ) को प्रथम त्रैमासको आधारमा दुई बैंकलाई शेयर पुँजी, संचित नाफा, जगेडा कोष, निक्षेप, कर्जा, खुद व्याज आम्दानी, संचालन मुनाफा, खुद नाफा, प्रति शेयर आम्दानी, किताबी मूल्य र खराब कर्जा जस्ता महत्वपूर्ण सूचकका आधारमा तुलनात्मक अध्ययन गरिएको छ ।

दुई विकास बैंकलाई इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा :
गरिमा विकास बैंकको चुक्ता पूँजी ४ अर्ब ५९ करोड छ भने मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी ५ अर्ब ६५ करोड रहेको छ । चुक्ता पुँजीको आधारमा मुक्तिनाथ विकास बैंक अघि छ ।

संचित नाफाको आधारमा :
संचित नाफा मुक्तिनाथ विकास बैंकको धेरै छ । मुक्तिनाथ विकास बैंकको संचित नाफा ७९ करोड हुँदा गरिमा विकास बैंकको ६६ करोड छ ।

जगेडा कोषको आधारमा :
जगेडा कोषमा मुक्तिनाथ विकास बैंक अघि छ । मुक्तिनाथ विकास बैंकको जगेडा कोषमा १ अर्ब ९५ करोड रुपैयाँ संचित छ भने गरिमा विकास बैंकको जगेडा कोषमा १ अर्ब ४९ करोड रुपैयाँ संचित छ ।

निक्षेप र कर्जाको आधारमा :
गरिमा विकास बैंकले ६८ अर्ब ९६ करोड निक्षेप संकलन गरी ५९ अर्ब ८५ करोड कर्जा प्रवाह गरेको छ । त्यस्तै मुक्तिनाथ विकास बैंकले १ खर्ब ५ अर्ब निक्षेप संकलन गरी ८८ अर्ब ०२ करोड कर्जा प्रवाह गरेको छ ।

खुद व्याज आम्दानीको आधारमा :
मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा १ अर्ब २ करोड खुद व्याज आम्दानी गर्दा गरिमा विकास बैंकले ७९ करोड खुद व्याज आम्दानी गरेको छ । व्याज आम्दानीमा व्याज खर्च घटाए पछि खुद व्याज आम्दानी आउँछ ।

संचालन नाफाको आधारमा :
गरिमा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिसम्म २७ करोड संचालन नाफा गर्दा मुक्तिनाथ विकास बैंकले ४३ करोड संचालन नाफा गरेको छ।

खुद नाफाको आधारमा :
गरिमा विकास बैंकले चालु आवको प्रथम त्रैमाससम्म १९ करोड खुद नाफा गरेको छ भने मुक्तिनाथ विकास बैंकले ३० करोड खुद नाफा गरेको छ ।

प्रति शेयर आम्दानीको आधारमा :
प्रति शेयर आम्दानीको आधारमा मुक्तिनाथ विकास बैंक अघि छ। मुक्तिनाथ विकास बैंकको प्रति शेयर आम्दानी २१ रुपैयाँ ७४ पैसा छ भने गरिमा विकास बैंकको प्रति शेयर आम्दानी १६ रुपैयाँ ८४ पैसा छ ।

निस्क्रिय कर्जाको आधारमा :
मुक्तिनाथ विकास बैंकको निस्क्रिय कर्जा शून्य दशमलव ७७ प्रतिशत हुँदा गरिमा विकास बैंकको एक दशमलव ७१ प्रतिशत छ।

किताबी मूल्य :
गरिमा विकास बैंकको किताबी मूल्य १४७ रुपैयाँ १२ पैसा छ भने मुक्तिनाथ विकास बैंकको किताबी मूल्य १४८ रुपैयाँ ५८ पैसा छ ।

(नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विष्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नुपर्ने छ ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

6%

दु :खी

3%

अचम्मित

6%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS