SKIP THIS

MLBL
IME Life
Beema Board

वैदेशिक रोजगारमा गएकालाई १० प्रतिशत आइपिओ अनिवार्य, सर्वसाधारण भन्दा अगाडी १५ दिनको म्याद

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई प्राथमिक शेयर निष्काशनको १० प्रतिशत अनिवार्य छुट्याउनु पर्ने व्यवस्था गरेको छ । बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट (छैटौं संशोधन) निर्देशिका-२०७९ लागू गरे सँगै अवदेखि कम्पनीहरुले वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई मात्रै १० प्रतिशत शेयर छुट्ट्याउनै पर्ने भएको छ ।

यस्तो शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्ट्याइ बाँडफाँट गर्नै पर्नेछ । यस्तो शेयर निष्काशन गर्दा १५ दिनको म्याद दिनु पर्नेछ । आस्वा प्रणाली मार्फत आस्वा सदश्य बैंक तथा वित्तीय संस्थामा रहेको विप्रेषण बचत खाता मार्फत मात्र भुक्तानी गर्नु पर्नेछ ।

Prabhu
Crest

यस्तो आइपिओमा आवेदन दिनका लागि सम्बन्धित व्यक्तिले विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो छ महिनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई शेयर बाँडफाँड गरिसके पछि मात्रै सर्वसाधारणका लागि आह्वान गर्न पाइनेछ । यदि यस्तो समुहमा छुट्ट्याइएको शेयर बिक्री नभएमा सर्वसाधारणलाई बिक्री गर्न सकिनेछ । विदेशमा रहेका नेपालीहरुले विद्युतिय माध्यमबाट हितग्राही खाता खोल्दा विद्युतिय माध्यमबाटै ग्राहक पहिचाहन गरी रुजु गर्नु पर्नेछ । यसरी आवेदन दिइसकेका व्यक्तिले पुनः सर्वसाधारण समुहबाट भने आवेदन दिन पाइने छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS