काठमाडौं । कामना सेवा विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि. बिच सम्झौता भएको छ । यी दुई कम्पनीबीच बैंकमा खाता रहेका ग्राहकमहानुभवहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो । दराजको ११.११ छुट योजना कार्तिक २५ गतेदेखि लागू हुनेछ ।
कामना सेवा विकास बैंकमा खाता रहेका ग्राहकमहानुभवहरुले दराज द्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा रु ३००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकमहानुभवहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।
माथि उल्लिखित पूर्वभुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुनेछ । तसर्थ, आफ्नो ग्राहकमहानुभवहरूलाई छिटो कार्ड ई–कमर्सको लागि सक्रिय गर्न र बिक्री सुरु हुने बित्तिकै छुटहरू प्राप्त गर्न बैंकले अनुरोध गरेको छ ।