IME Life
Beema Board

शेयरधनीलाई पुरानो लाभांश लिन ग्लोबल आइएमई बैंकको आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीलाई ४ वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले विभिन्न आर्थिक वर्ष २०६६/६७ देखि २०७०/७१ सम्मको नगद लाभांश हालसम्म पनि कतिपय शेयरधनीले नलिएकाले उनीहरुलाई उक्त लाभांश लिन आग्रह गरेको हो ।

नगद लाभांश लिन बाँकी शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्सालमा सम्पर्क राखी लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले सूचना प्रकाशित भएको मितिले एक महिना अर्थात् मंसिर १७ गतेसम्म नगद लाभांश बुझी नलिएमा उक्त लाभांश रकम कम्पनी ऐनबमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जनाएको छ ।

Prabhu
Crest

साथै आर्थिक वर्ष २०७३/७४,२०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को नगद लाभांश खातामा रकमान्तर भई नसकेका शेयरधनीहरूले सम्बन्धित निक्षेप सदस्यकोमा गई आफ्नो बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।

शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS