IME Life
Beema Board

१६ अंकले घट्यो नेप्से, जीवन र निर्जीवन उपसूचक बढ्दा सबै रात्ताम्मे

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक घटेको छ । हिजोसम्म लगातार बढेको बजारमा आज गिरावट आएको छ । आज नेप्से परिसूचक १६ दशमलव १४ अंकले घटेर १,९२२ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज २७ कम्पनीको मात्र शेयर मुल्य बढेको छ आज १५३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज जीवन तथा निर्जीवन बीमा उपसूचक बाहेक सबै उपसूचक घटेका छन् । आज दिनभरिमा २२० कम्पनीको २७ लाख ६७ हजार ५३९ कित्ता शेयर किनबेच हुँदा ८९ करोड ८९ लाख ७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एभरेष्ट बैंकको शेयर कारोबार भएको छ । बैंकको ४ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, गरिमा विकास बैंक संस्थापक शेयर ३ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । अरुण कावेली पावरको ३ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै युनिलिभर नेपालका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ५६ प्रतिशतका दरले कमाएका हुन् । नविल व्यालेन्स्ड फण्डका इकाईधनीले ५ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् । सेञ्चुरी डिवेञ्चरका इकाईधनीले ३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव ९४ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS