SKIP THIS

MLBL
IME Life
Beema Board

‍बीमा समितिको नाम ‘नेपाल बीमा प्राधिकरण’ राख्ने सञ्चालक समितिको निर्णय, कार्तिक २२ गतेदेखि लागु हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिको सञ्चालक समितिले बीमा ऐन २०७९ अनुसार बीमा समितिको नाम परिवर्तन गरी ‘नेपाल बीमा प्राधिकरण’ राख्ने निर्णय गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले ऐनको कार्यान्वयन गर्दै नाम परिवर्तन गर्ने निर्णय गरेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले असोज २३ गते बीमा ऐन २०७९ प्रमाणीकरण गरेकी थिइन् । ऐनमै प्रमाणिकरण भएको ३१ औ दिनदेखि लागु हुनेछ भन्ने व्यवस्था भएकाले कार्तिक २२ गतेदेखि मात्रै लागु हुने भएको हो । राष्ट्रिय सभाले ऐन पारित गर्दा यस्तो वाक्यांस थप गरिदिएको थियो ।

Prabhu
Crest

बीमा ऐन २०७९ यहि कार्तिक २२ गतेदेखि लागु भए सँगै बीमा प्राधिकरणको स्थापना दिवस पनि कार्तिक २२ गते हुनेछ । बीमा समितिको स्थापना दिवस भने जेठ एक गते हो । बीमा समितिले प्राधिकरणको स्थापना गर्नु अगाडी औपचारिक कार्यक्रम गर्ने तयारी गरेको छ ।

कार्तिक २२ गते पछि बीमा कम्पनीले आफ्नो होडिङवोर्डमा पनि ‘नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त’ भनेर लेख्नु पर्नेछ । अहिले बीमा समितिबाट इजाजत प्राप्त भनेर लेख्दै आएका छन् । ऐनको दफा तीनमा बीमा प्राधिकरणको स्थापना सम्बन्धि व्यवस्था छ । जसमा ‘बीमा व्यवसायको नियमनकारी निकायको रुपमा नेपाल बीमा प्राधिकरणको स्थापना गरिएको छ’ भनिएको छ । प्राधिकरणको केन्द्रिय कार्यालय काठमाडौंमा रहनेछ भने शाखा कार्यालय आवस्यकता अनुसार नेपाल भित्र तथा नेपाल बाहिर स्थापना गर्न सक्नेछ ।

प्राधिकरण सुशासित र संघठित संस्था हो । प्राधिकरण अविछिन्न उत्तराधिकारवाल एक स्वशित र संघठित संस्थाको रुपमा रहनेछ । प्राधिकरणको काम कारबाहीको निमित्त यसको एउटा छुट्टै छाप हुनेछ । प्राधिकरणले व्यक्ति सरह चल अचल सम्पत्ती प्राप्त गर्न, उपभोग गर्न, राख्न बेचविखन गर्न र यस्तै अन्य किसिमले व्यवस्थापन गर्न सक्नेछ ।

प्राधिकरणले आफ्नो नामबाट नालिस उजुर गर्न सक्नेछ र प्राधिकरण उपर पनि सोहि नाममा नालिस उजुर गर्न सक्नेछ । प्राधिकरणले व्यक्ति सरह करार गर्न, करार बमोजिमको अधिकार प्रयोग गर्न र दायित्व निर्वाह गर्न सक्नेछ । ‍

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS