काठमाडौं । एनआइसी एसिया बैंकले विगत १० वर्षदेखि शून्य मौज्दातमा रहि कारोबार नभएका खाताहरु अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले उक्त खाताहरु बन्द गर्न लागिएको हुँदा ग्राहक पहिचान सम्बन्धि विवरणहरु अद्यावधि गर्न अनुरोध गरेको हो ।
बैंकले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागबाट जारी एकिकृत निर्देशन, २०७८ को इ.प्रा.निर्देशन बमोजिम विगत १० वर्षदेखि शून्य मौज्दात रहि कारोबार नभएका खाता बन्द गर्न लागिएको हो । ३५ दिन भित्र उक्त खाताहरु अद्यावधि नगरेको खण्डमा खाता बन्द गर्ने बैंकले जनाएको छ ।