IME Life
Beema Board

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स बाँड्न बनाएको नियमावली बारे सर्वाेच्चमा रिट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाइसेन्स दिन बनेको नियमावली खारेजीको माग गर्दै सर्वाेच्चमा रिट दर्ता भएको छ । अधिवक्ता अमृत खरेल र इन्द्र बानियाँले सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् ।

अधिवक्ता खरेललगाएतले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्डलाई विपक्षी बनाई रिट दायर गरेका हुन् । रिटमा धितोपत्र बजार सञ्चालन (दोश्रो संशोधन_ नियमावली २०७९, धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (चौथो संशोधन) नियमावली २०७९ र धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (पाँचौं संशोधन) नियमावली खारेज गर्न माग गरिएको छ ।

Prabhu
Crest

बोर्डले नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्स दिनका लागि नियमावली संशोधन गरेको थियो । निजी लगानीको स्टकको लाइसेन्स दिन धितोपत्र बजार संचालन नियमावली २०६४ संशोधन गरि स्टक एक्सचेन्जको पूँजी ३ अर्ब तोकिएको थियो । बोर्डले नयाँ ब्रोकर लाइसेन्स खुलाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यवसायी) नियमावली २०६४ संशोधन गरेको थियो । उक्त संशोधन गरिएको नियमावली बदर गर्न भन्दै सर्वाेच्चमा रिट दायर भएको हो ।

बोर्डले नियमावली संशोधन गरेसँगै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्सको लागि आवेदन खुल्ला गरिएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS