SKIP THIS

MLBL
IME Life
Beema Board

इष्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँड भोलि हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ भोलि कार्तिक १७ गते बिहिबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइपीओ बिहिबार बाँडफाँड गर्न लागिएको हो । क्यापिटलले बिहिबार बिहान ९ बजे क्यापिटल कै कार्यलयमा शेयर बाँडफाँड गर्न लागेको हो ।

आइपीओको प्रि अलोटमेन्ट कार्तिक १५ गते मंगलवार भएको थियो।कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणलाई आइपीओ निष्काशन गरेको थियो ।

Prabhu
Crest

कम्पनीले ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहने ६ लाख २३ हजार २८९ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

कम्पनीको आइपीओमा १३ लाख ९४ हजार ३२६ वटा आवेदनबाट १ अर्ब ५७ करोड १८ लाख ४७ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख १८ हजार ४७० कित्ता शेयरको लागि आवेदन परेको थियो । यो सर्वसाधारणलाई निष्काशन गरेको शेयरको २५।२१ गुणा बढी हो ।

कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा मध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ४९ करोड ६० लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS