काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५६ अंकले बढेर १,९३० दशमलव ९९ को विन्दुमा कायम भएको छ । १ अर्ब २९ करोड ६ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज १८१ कम्पनकिो शेयर मुल्य बढेको छ भने ३ कम्पनीको मात्र शेयर मुल्य घटेको छ । आज सबै कम्पनीका लगानीकर्ता उत्साहित भएका छन् ।
आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् । यूनियन हाइड्रोपावरका लगानीकर्ताले ८ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् ।