IME Life
Beema Board

ब्रोकर लाइसेन्स रोकिए सँगै शेयर बजारमा उछाल, सस्ता कम्पनी उठाउने होडवाजीले अर्ब माथिको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स प्रकृयाँलाई स्थगन गरे सँगै आज शेयर बजारमा धेरै समय पछि उछाल आएको छ । मंगलबार नेप्से सूचक ५६ दशमलब ११ अंकले सुधार भएको छ । सूचक सँगै कारोबार रकम पनि बढेर एक अर्ब २९ करोड रुपैयाँको भएको छ । नेप्से सूचक २.९९ प्रतिशतले बढेर १९३०.९९ अंक कायम भएको छ ।

सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डलाई ब्रोकर, स्टक एक्सचेन्जर कमोडीटी एक्सचेन्जको लाइसेन्स प्रकृयाँ स्थगित गर्ने अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको यस्तो आदेश पछि आजसम्म आह्वान गरिएको नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको आवेदनलाई नै स्थगन गरिएको छ । सर्वोच्चको यस्तो आदेश सँगै धितोपत्र बोर्डले नयाँ लाइसेन्स प्रकृयाँ अगाडी बढाउन सक्दैन ।

Prabhu
Crest

नयाँ लाइसेन्स प्रकृयाँले त्रसिद ब्रोकर तथा ठुला लगानीकर्ताले शेयर बजार लगातार घटाइरहेका थिए । तर सर्वोच्चको यस्तो आदेश पछि अव सबै प्रकृयाँ रोकिएको छ । नयाँ ब्रोकर लाइसेन्स प्रकृयाँलाई अगाडी बढाउन रोक्न नसकेका अहिलेका ब्रोकरलाई सर्वोच्चले साथ दिएको छ ।

चुनाव पछि पनि यो सरकार कामचलाउ नै हुनेछ । यसले लाइसेन्स जस्तो विषयमा निर्णय गर्न सक्दैन । त्यसैले मंसिर ४ पछिको निर्वाचनबाट नयाँ संसद बन्नेछ । त्यसैले अहिलेकै सरकार सम्मिलित पार्टीहरुले बहुमत ल्याउन सक्छन् भन्ने छैन । नयाँ आउने सरकारले यसलाई तत्काल अगाडी बढाउन पनि सक्दैन । त्यसैले यस अवधिमा ब्रोकरहरुले राम्रो चलखेल गर्न सक्छन् । त्यसैले पनि आजदेखि ब्रोकरले शेयर बजार बढाएका हुन् ।

ब्रोकरको जोडबलले शेयर बजारमा उछाल आए पनि अर्थतन्त्र तथा तरलताका विषयमा अझै सामाधान देखिइसकेको छैन । त्यसैले अहिलेको सुधारले निरन्तरता पाउन सक्छ भन्ने छैन । यदि चुनाव पछि तरलता सहज भयो भने मात्रै शेयर बजारले पनि सुधारको लय समात्नेछ । अन्यथा चुनाव पछि बजार सुधार हुने भन्दा पनि घट्ने जोखिम उत्तीकैछ ।

ब्रोकरको जोडबलमा सुधारिएको शेयर बजारमा सर्वसाधारण लगानीकर्ताको अत्याधिक आकर्षण देखिएको छ । यस अवधिमा सस्ता कम्पनी उठाउने होडबाजी नै चलेको छ । आकर्षक लाभांश दिने कम्पनीहरुको शेयर मूल्य पनि अहिले सबैभन्दा तल्लो विन्दुमा छ । अवको केहि समय शेयर बजारमा लाभांशको बाढी लाग्नेछ । बजार सुधार हुँदै गर्दा आकर्षक लाभांश दिने कम्पनी छानी छानी खरिद गर्ने ट्रेण्ड चल्नेछ । लगानीकर्ताहरु सबैभन्दा धेरै फाइनान्सको शेयरमा आकर्षित भएका छन् । फाइनान्सको सूचक ५.४ प्रतिशतले बढेको छ । विकास बैंक, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनीको शेयर मूल्यमा राम्रो सुधार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS