Connect IPS
IME Life

नयाँ स्टक र ब्रोकर लाइसेन्सको प्रकृयाँ रोकियो, निर्वाचनका लागि खर्च जोहो गर्ने योजना पुरा भएन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वोच्चको अन्तरिम आदेश अनुरुप नयाँ स्टक एक्सचेन्ज, कमोडी एक्सचेन्ज र ब्रोकर लाइसेन्सको सम्पुर्ण प्रकृया तत्कालका लागि स्थगन गरेको छ । बोर्डले अर्को निर्णय नभएसम्मका लागि कुनै पनि प्रकृयाँ अगाडि नबढाउने भएको छ ।

सर्वोच्च अदालतले कार्तिक ४ गते अल्पकालिन अन्तरिम आदेश दिदै लाइसेन्स दिने प्रकृयाँ तत्काल रोक्न आदेश दिएको थियो । अन्तरिम आवेदन जारी हुनु भन्दा अगाडी नै ब्रोकर लाइसेन्सको आवेदन लिने काम सकिएको थियो । यस अवधिमा पु्रानो १ र नयाँ ४५ सहित ४६ वटा कम्पनीले आवेदन दिएका थिए ।

Prabhu
Crest

स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि भने आवेदन दिने आज अन्तिम म्याद तोकिएको थियो । कार्तिक चार गते नै अन्तरिम आवेदन भएकाले लगानीकर्ताले पनि आवेदन प्रकृयाँ अगाडी नबढाइ बसेका थिए । सर्वोच्च अदालतले यहि कार्तिक २२ गते सुनुवाइका लागि दुबै पक्षलाई बोलाएको छ । निर्वाचन आयोगले पनि बोर्डलाई आचार संहिता विपरित किन लाइसेन्स प्रकृयाँ अगाडी बढाएको भन्दै स्पष्टिकरण मागरेको थियो ।

निर्वाचन आयोगले असोज १४ गतेदेखि नै निर्वाचन आचार संहिता लागु गरेको थियो । तर बोर्डले आचार संहिता लागु हुनु भन्दा पहिलानै आवेदन खुला गरेको भन्दै प्रकृयाँ अगाडी बढाइरहे पछि सर्वोच्चमा मुद्दा परेको हो । बोर्डले पनि निर्वाचनकै मुखमा चुनाव खर्च उठाउने उद्देश्यले लाइसेन्स प्रकृयाँ अगाडी बढाए पछि चौतर्फी विरोध भएको थियो । यदि लाइसेन्स दिनै थियो भने निर्वाचनको मिति तय हुनु भन्दा अगाडी नै प्रकृयाँ अगाडी बढाएको भए उपयुक्त हुने थियो ।

धितोपत्र बोर्ड मात्रै होइन बीमा समितिले पनि निर्वाचन अगाडी माइक्रोइन्स्योरेन्स कम्पनीको लागि परेका आवेदनलाई तत्काल सुनुवाइ नगर्ने भएको छ । समितिले निर्वाचन पछि मात्रै लाइसेन्स दिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS