काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ३९ अंकले बढेर १,८७४ दशमलव ८७ को विन्दुमा कायम भएको छ । आज ११० कम्पनीको शेयर मुल्य बढेको छ भने ६५ कम्पनीको शेयर मुल्य घटेको छ । आज विकास बैंक बाहेक सबै उपसूचक बढेका छन् ।
आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल एसबिआई बैंकका लगानीकर्ताले ८ दशमलव २४ प्रतिशतका दरले कमाएका छन् । शाइन रेसुङगा डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमवव ०७ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया बैंकका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।