काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ३९ अंकले बढेर १,८७४ दशमलव ८७ को विन्दुमा कायम भएको छ । आज ६९ करोड ७३ लाख १७ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, एभरेष्ट बैंकको ४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्रभु बैंकको २ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।