IME Life
Beema Board

नेप्से परिसूचक १६ अंकले बढ्दा ११० कम्पनीको शेयर मुल्यमा बृद्धि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । तिहारपछिको आज पहिलो कारोबारमा नै शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ३९ अंकले बढेर १,८७४ दशमलव ८७ को विन्दुमा कायम भएको छ । आज ११० कम्पनीको शेयर मुल्य बढेको छ भने ६५ कम्पनीको शेयर मुल्य घटेको छ । आज विकास बैंक बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर किनबेच हुँदा ६९ करोड ७३ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, एभरेष्ट बैंकको ४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्रभु बैंकको २ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल एसबिआई बैंकका लगानीकर्ताले ८ दशमलव २४ प्रतिशतका दरले कमाएका छन् । शाइन रेसुङगा डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमवव ०७ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया बैंकका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS