Connect IPS
IME Life

नेपालमै माेटरसाइकल उत्पादन गरेर राजश्व कुम्ल्याउँदै व्यापारी, सर्वसाधारणलाई छैन सहुलियत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । भारतबाट आयात हुँदै आएको लोकप्रिय ब्राण्डका मोटरसाइकल स्थानीयस्तरमै उत्पादन शुरु हुन थालेपनि आम उपभोक्तामाझ अझैसम्म पनि यसको लाभ पुग्न सकेको छैन । लोकप्रिय ब्राण्डका मोटरसाइकल उत्पादक कम्पनीहरुले अन्तःशुल्क छुटको लाभ लिनको लागी नेपालमै मोटरसाइकल एसेम्बल(जोडजाड) शुरु गरेपनि मोटरसाइकलको मूल्यमा उपभोक्ताले कुनै लाभ पाउन नसकेका हुन् ।

बजाज र टिभिएस मोटर्सले मोटरसाइकलको पार्टपूर्जा भारतबाट आयात गरेर नेपालमै मोटरसाइकल तयार पारिरहेका छन् । मोरङ अटो वक्र्सले पनि मोरङको टंकीसिनुवारीमा यामाहा ब्राण्डको मोटरसाइकल एसेम्बलिङको तयारी धमाधम गरिरहेको छ । अर्काे व्यापारिक समूह त्रिवेणी ग्रुपले पनि अन्तशुल्क छुटकाे लाभ उठाउन राेयल इनफिल्ड ब्राण्डकाे माेटरसाइकल एसेम्बल गर्नेकाे लागी बाराकाे जीतपुरमा एसेम्बल प्लान्ट संचालनमा ल्याउँदैछ । बजाज ब्राण्डको मोटरसाइकल शेखर गोल्छा अध्यक्ष रहेको गोल्छा समूह र टिभिएस ब्राण्डको मोटरसाइकल शंकर गोल्याण अध्यक्ष रहेको शंकर समूह(जगदम्बा)ले नेपालमा उत्पादन गर्छ ।

Prabhu
Crest

अनएसेम्बल्ड पार्टपूर्जामा तयारी मोटरसाइकलको तुलनामा दुई तह कम अन्तःशुल्क अर्थात ५० प्रतिशत छुट हुने व्यवस्था छ । नेपालमै सवारी एसेम्बल गर्ने उद्योगले सरकारी अपेक्षाअनुरुप मूल्य अभिवृद्धि गर्न नसकेको र उपभोक्तालाई कुनै फाइदा नभएको महालेखाले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा समेत उल्लेख गरिएको छ।

अन्तशुल्क छुटकाे फाइदा उठाउन नेपालमै माेटरसाइकल उत्पादन शुरु भएपछि मुख्य स्थलभन्सार नाका वीरगंजबाट मोटरसाइकल उत्पादनका लागी अनएसेम्बल्ड पार्टस(मोटरसाइकलको पार्टपूर्जालगायत एउटा सग्लो मोटरसाइकल जडान गर्न आवश्यक पर्ने सबै सामान) को आयात ५३ प्रतिशतले वृद्धि भएको छ । भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा १० हजार ३ सय ६७ थान अनएसेम्बल्ड मोटरसाइकल आयात भएको छ । गत आवको सोही अवधिमा यो नाकाबाट जम्मा ६ हजार ८ सय ९२ थान अनएसेम्बल्ड मोटरसाइकल आयात भएको थियो । तयारी मोटरसाइकलको आयात ७३ प्रतिशतको उल्लेखनीय गिरावट आएर २३ हजार १२ थानबाट ६ हजार १ सय ७१ थानमा सीमित हुन पुगेको छ ।
व्यापार घाटा नियन्त्रणको लागी नेपाल राष्ट्र बैंकले मोटरसाइकल लगायत बिलासीताको साधन आयातमा नियन्त्रण गरेपछि मोटरसाइकल लगायत सवारी साधनको आयातमा गिरावट देखिएको हो ।

एसेम्बल उद्योगका लागी यस्ता छन् शर्त :

एसेम्बल उद्योगले उत्पादन शुरु गरेको पहिलो वर्ष १० प्रतिशत आन्तरिक मूल्य अभिवृद्धि गर्नुपर्नेछ । पाँचौं वर्षको अन्त्यसम्म यस्तो मूल्य अभिवृद्धि कम्तीमा ३० प्रतिशत पुर्‍याउनु पर्नेछ । मोटरसाइकल उद्योग खुल्दा पहिलो वर्ष ५० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना हुनुपर्नेछ । पाँचौं वर्षसम्म उक्त संख्या न्यूनतम् २ सय पुर्‍याउनु पर्ने प्रावधान छ । पाँच वर्षभित्र कम्तीमा १० प्रतिशत स्वदेशी वस्तु उपयोग यस्ता उद्योगले गर्नु पर्नेछ । तर उद्याेगले शर्तहरूकाे पालना गरेका छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

4%

खुसी

18%

दु :खी

7%

अचम्मित

2%

उत्साहित

69%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS