IME Life
Beema Board

नियम विपरित निःशुल्क जीवन बीमाको प्रचार गर्दै बैंक, महालक्ष्मी लाइफको सहकार्यमा कुमारी बैंकको भ्रामक विज्ञापन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले कुनै पनि बैंक वित्तीय संस्था तथा बीमा कम्पनीहरुलाई निः शुल्क बीमा भनेर प्रचार नगर्न निर्देशन दिए पनि बैंक वित्तीय संस्थाले निःशुल्क बीमा भन्दै प्रचार गर्ने गरेको पाइएको छ । बीमा कहिले पनि निःशुल्क हुँदैन । प्रिमियम तिरे पछि मात्रै बीमा हुन्छ । जहाँ बैंकहरुले बीमा शुल्क भुक्तानी गरे पछि मात्रै बीमा हुन्छ ।

यसरी बैंकहरुले बीमा शुल्क भुक्तानी गरिदिए पनि त्यो रकम निक्षेपकर्ताहरुबाटै असुल उपर गरिएको हो । तर घुमाउरो हिसावले बैंकहरुले निःशुल्क भन्दै प्रचार गर्नु आफै गलत प्रचार हो । केहि समय अगाडी जीवन बीमक संघ र बीमा समिति विचमा भएको छलफलबाट यस्ता किसिमको निःशुल्क बीमा भन्दै प्रचार गर्दा बीमा उद्योगको गलत प्रचार हुने निष्कर्ष निकालिएको थियो ।

Prabhu
Crest

तर भर्खर कुमारी बैंकले नेपालमै पहिलो पटक मुद्दती निक्षेप खातामा एक करोडसम्मको निःशुल्क जीवन बीमा भन्दै प्रचार गरिएको छ । बैंकले महालक्ष्मी लाइफ सँग सहकार्य गरी यस्तो गलत प्रचार गरेको देखिन्छ ।

यो मुद्दती खातावालाले बीमाको प्रिमियम तिर्नु नपर्ने भनिएको छ । यहाँ खातावालाले बीमा शुल्क भुक्तानी नगरेको भन्दै निःशुल्क बीमा भन्दै प्रचार गरिएको हो जुन आफैमा नियम विपरित छ । बीमा समितिले नेपाल राष्ट्र बैंकलाई पनि यस विषयमा पटक पटक ध्यानाकर्षण गराइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

22%

दु :खी

11%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS