IME Life
Beema Board

सानिमा क्यापिटलले म्युचुअल फण्ड बिक्रि गर्ने, सर्वसाधारणको लागि कति इकाई ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा क्यापिटलले म्युचुअm फण्ड बिक्रि गर्ने भएको छ । क्यापिटलले कात्तिक १६ गतेदेखि सानिमा ग्रोथ फन्डको १२ करोड इकाई निष्कासन गर्न लागेको हो । जसमध्ये १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्रि खुल्ला गरिने क्यापिटलले जनाएको छ ।

क्यापिटलले निष्कासन गर्न लागिएका कुल इकाईमध्ये १ करोड ५६ लाख इकाई अथवा कुल बिक्रि भएको इकाईको १३ प्रतिशत विज पुँजी बापत कोष प्रवद्र्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ । साथै २४ लाख इकाई भने योजना व्यवस्थापक सानिमा क्यापिटललाई छुट्याइएको छ । बाँकी रहेको १० करोड २० लाख इकाई भने सर्वसाधारणका लागि बिक्रि खुल्ला गर्न लागिएको सानिमा क्यापिटलले जनाएको छ ।

Prabhu
Crest

क्यापिटलले कात्तिक १६ देखि २० गतेसम्म इकाई खरिदका लागि आवेदन दिन सकिने जनाएको छ । सो समयमा बिक्रि नभएको खण्डमा कात्तिक ३० गतेसम्म आवेदन खुल्ला गरिने छ । प्रति इकाई १० रुपैयाँको दरले सी आस्वाको माध्यमबाट न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको क्यापिटलले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS