Connect IPS
IME Life

बीमा कम्पनीका कर्मचारीले कसरी मनाए लक्ष्मी पूजा ? (फाेटाे फिचर सहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाै‌ । तिहारकाे अवसरमा धनधान्यकी देवी लक्ष्मी मातालाई प्रशन्न तुल्याउन जीवन तथा निर्जीवन बीमा कम्पनीका कर्मचारीले पनि पूजाआजा तथा हर्षाेल्लासमा कुनै कमी बाँकी राखेका छैनन् । तिहारकाे करिब एक साता लामाे बिदा भइसक्दा पनि बीमा कम्पनीकाे कर्मचारीहरु बिदाकाे दिन समेत आफ्नाे कार्यालयमा भेला भएर उत्सवकाेरुपमा तिहार मनाएका छन् ।

कार्यालयमा परम्परागत विधि अनुरुप माता लक्ष्मीकाे पूजाआजा गर्नुकाे साथै आकर्षक रंगाेली मण्डला बनाउने झिलिमिली बत्ती र दियाेले कार्यालय परिसर झकिझकाउ पारेका छन् । सार्वजनिक बिदा सँगै चाडपर्व मनाउनकाे लागी कार्यालयदेखि टाढाकाे गृह नगर पुग्नुपर्ने बाध्यता भएका कर्मचारीले धनवन्तरी दिवसकै दिन तिहारकाे शुभकामना आदान प्रदान गर्नुकाे साथै कार्यालयमा दियाेबत्ती बालेर पूजाआजा सम्पन्न गरेका छन् ।

Prabhu
Crest

एशियन लाईफ इन्स्याेरेन्सकाे प्रधान कार्यालयमा साेमबार स‌ंचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठकाे उपस्थितिमा कर्मचारीले दीपावली पूजा गर्नुकाे साथै शुभकामना आदानप्रदान गरेका छन् । एशियन लाईफकाे देशभरका शाखा कार्यालयहरुमा समेत कर्मचारीहरु उपस्थित भएर तिहार पूजा गरेका छन् ।

सिटिजन लाईफ इन्स्याेरेन्सका कर्मचारीले पनि शाखा कार्यालयमा लक्ष्मी पूजा मनाएकाे तस्वीर सामाजिक स‌ंजालमा साझा गरेका छन् ।

यसैगरी निर्जीवन बीमा कम्पनीहरु सगरमाथा इन्स्याेरेन्स र प्रुडेन्सियल इन्स्याेरेन्सका कर्मचारीले समेत शाखा कार्यालयहरुमा उपस्थित भएर विधिवत्ररुपमा लक्ष्मी पूजा मनाएका छन् । अन्य जीवन तथा निर्जीवन बीमा कम्पनीका कर्मचारीले पनि लक्ष्मी पूजा धुमधामसँग मनाउँदै लक्ष्मी प्रशन्न पार्ने प्रयास गरेका छन् । अधिका‌ंशले अहिलेकाे आर्थिक मन्दीकाे अवस्था चाँडाे भन्दा चाँडाे अन्त्य भएर बीमा व्यवसाय पुन द्रूत गतिमा विकास हाेस् भन्ने कामना गरेका छन् ।

जीवन बीमा कम्पनीकाे कार्यालयहरुमा तुलनात्मकरुपमा कर्मचारीकाे उपस्थिति बाक्लाे देखिएकाे थियाे भने निर्जीवन बीमा कम्पनीकाे शाखा कार्यालयहरुमा सीमित संख्यामा जनशक्ति हुने भएकाले सीमित उपस्थिति देखिएकाे थियाे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

8%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS