Connect IPS
IME Life

बीमा क्षेत्रमा दोस्रो सफल मर्जर, सानिमा र जनरलले शुरु गरे एकिकृत कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दोस्रो सफल मर्जरको इतिहास सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीले रचेका छन् । दुई कम्पनीले आज कार्तिक ७ गतेदेखि एकिकृत कारोबार शुरु गरेका छन् । यस भन्दा अगाडी हिमालयन जरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीले पहिलो सफल मर्जर गरेका थिए । अहिले दुई कम्पनी मर्ज भइ हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको रुपमा सञ्चालन भइरहेको छ । हिमालयन एभरेष्ट पछि सानिमा जिआइसी दोस्रो मर्जरको इतिहास रच्न सफल भएको छ ।

दुबै कम्पनीले असोज ११ गते विशेष साधारणसभा मार्फत मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए । विशेष साधारणसभाबाट पारित गरेसँगै बीमा समितिले दुबै कम्पनीलाई असोज १४ गते मर्जरको लागि अन्तिम स्वीकृति पत्र प्रदान गरेको थियो ।

Prabhu
Crest

कम्पनी रजिष्ट्रार कार्यालयले पनि असोज २७ गते स्वीकृति दिइसकेको छ । गाभ्ने र गाभिने कम्पनीको गाभ्ने गाभिने हुने अन्तिम दिनसम्म कायम रहने सम्पुर्ण सम्पत्ती र दायित्वहरु नयाँ बन्ने कम्पनी सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले सकार्ने गरी स्वीकृत दिएको हो ।

संयुक्त मर्जर समितिको असोज ३१ गतेको निर्णयले मर्जर पश्चात सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट आज कार्तिक ७ गते सोमबारदेखि निर्जीवन बीमा सेवाको एकिकृत कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो । मर्जर पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%

खुसी

0%

दु :खी

0%

अचम्मित

13%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS